भारत उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गयो

काठमाडौं।भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । झाँसी जिल्लाका मजिस्ट्रेट अविनाश कुमारले १० जना नवजात शिशुको ज्यान गएको पुष्टि गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । गएराति साढे १० बजेतिर एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । दमकलसहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले जनाएको छ । घटनाको छानबिनको लागि आयुक्त र डीआईजीको सुपरिवेक्षणमा तत्कालै छानबिन समिति गठन गरिएको खबरमा उल्लेख छ ।

यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको बारेमा दुख व्यक्त गर्नुभएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *