भारत सरकारबाट प्राप्त ११ टन राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइँदै

भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा आज पठाइँदै छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।आइतबार भारतीय वायु सेनाको विमानबाट नेपालगन्ज ल्याइएको ११ टन राहत सामाग्रीसहित यहाँ रहेका अन्य राहत सामग्रीलाई दुई ट्रकमा भरेर पठाइएको छ ।

बाँके प्रशासनका अनुसार एक ट्रक सामाग्री जाजरकोट र एक ट्रक सामाग्री रुकुम पश्चिमका लागि पठाइएको छ । सोमवार नै थप दुई ट्रक सामाग्री अरू पनि पठाइने बताइएको छ । थप सामाग्री ट्रकमा लोड गर्ने कार्य भइरहेको पनि बाँके प्रशासनले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

सोमवार भारतले पठाएको सामाग्रीहरूमा प्लास्टिक त्रिपाल ६२५ थान, स्लिपिङ ब्याग १००० थान, ब्ल्यांकेट १००० थान, टेन्ट ठुलो खालको ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट र औषधि तथा अन्य सामग्री ४८ प्रकारका रहेको थियो ।सो सामाग्रीलाई नेपालगन्ज विमानस्थलमा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडकालाई हस्तान्तरण गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *