भारत हुँदै तेस्रो मुलुक लैजाँदै गरेका ४० नेपाली महिलाको उद्धार

काठमाडौं, २३ साउन । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरी नेपाल ल्याइएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरुलाई सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

गैरकानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए ।

दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो । जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडीका पाँच देश लैजाने क्रममा उद्धार गरिएको हो ।

खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएकाले आफूहरुले त्यसमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *