भारत हुँदै नेपाल आउँदै गरेकी रचना रिमाल जर्मनीमै आकस्मिक अवतरण


क्यानेडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी लोकप्रिय गायिका रचना रिमालको विमान जर्मनीमा आकस्मिक अवतरण गरिएको छ।

रिमालले आफैँले आफ्नो आधिकारिक फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेकी हुन्। उनका अनुसार, क्यानडाबाट उडेको विमान भारतमा अवतरण हुने तालिकामा रहे पनि प्राविधिक समस्या देखिएपछि जर्मनीमा ‘इमर्जेन्सी ल्यान्ड’ गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

“क्यानडाबाट भारत ल्यान्ड हुनुपर्ने फ्लाइट जहाजमा आएको प्राविधिक समस्याका कारण जर्मनीमा इमरजेन्सी ल्यान्ड भएको छ,” उनले फेसबुक स्टाटसमा उल्लेख गरेकी छन्।

क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मंगलबार स्वदेश फर्कने क्रममा रहेकी रिमाल केही बेरमै पुनः भारत हुँदै नेपाल फर्कने तयारीमा रहेको जानकारीसमेत उनले दिएकी छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *