भाेजपुरमा सवारि दुर्घटना मृत्यू हुनेकाे मृत्यु हुनेको संख्या २ पुग्यो ।

भाेजपुरकाे बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेपछि घटना स्थलमै एक जनाको मृत्यू भएको थियो भने एक जना उपचारका लागि धरान स्थित घोपाक्याप लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक दल कुमार राईले बताए ।

EPIC

घटना स्थलमै मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुना राई रहेकी छिन् भने उपचारमा लैजाने क्रममा वर्ष ३६ की शान्ति राईको वाटोमै मृत्यू भएको हो ।

EPIC EPIC EPIC

घाइते हुनेमा धरान ५ सुनसरी बस्ने वर्ष ७ की आशिका राई, धरान ५ सुनसरी बस्ने वर्ष ५० को खानुहाङ राई, आमचोक गाउँपालिका १० बस्ने सफल राई, सोहि ठेगानामा बस्ने वर्ष ६० का वी बहादुर राई, वर्ष ३०का सुमन राई, वर्ष ६ को सृष्टि राई, वर्ष ३१ की सरस्वती राई, ६ महिने बालक अनरप राई, वर्ष ३६ का प्रकाश राई (चालक), धरान १३ सुनसरी बस्ने वर्ष १३ का साईमन राई, वर्ष १३ का लिजा राई, धरान ५ बस्ने वर्ष ३५ को सृजना राई रहेका छन् ।

उक्त दुर्घटना भएको गाडीमा १४ जना सवारहेका थिए । घाईते १२ जनाको भने धरान स्थित घोपाक्यापमा उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडीसडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *