भिखारी र आपराधिक क्रियाकलाप बढेपछि साउदी र यूएईद्वारा ५६ हजार पाकिस्तानी नागरिक डिपोर्ट

साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले संगठित भिखारी (माग्ने) र आपराधिक क्रियाकलापमा संलग्नताको आरोपमा पाकिस्तानी नागरिकविरुद्ध अनुसन्धान र कारबाही तीव्र पारेको छ । यसैबीच, साउदी अरबले मात्रै हालसम्म करिब ५६ हजार पाकिस्तानीलाई डिपोर्ट (देश निकाला) गरी फर्काइसकेको छ ।

भिख माग्ने संगठित गिरोह र विदेशमा बढ्दो अपराधका कारण अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिष्ठालाई ठूलो क्षति पुगिरहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । तथ्यांक अनुसार, यस वर्ष साउदी अरबले २४ हजार, दुबईले ६ हजार र अजरबैजानले दुई हजार ५०० पाकिस्तानी भिखारीलाई फर्काएको छ ।

EPIC EPIC EPIC

यूएईले अधिकांश पाकिस्तानी नागरिकका लागि भिसा प्रतिबन्ध लगाएको छ । त्यहाँ पुगेपछि धेरै व्यक्ति आपराधिक क्रियाकलापहरूमा संलग्न भेटिएको कारण यो कदम लिइएको बताइएको छ । पाकिस्तानी अनुसन्धान एजेन्सी (एफआइए)का अनुसार, यो सिन्डिकेट अब खाडी देशहरूमा मात्र सीमित छैन ।

अफ्रिका, युरोप, कम्बोडिया र थाइल्यान्डलगायत देशको पर्यटक भिसाको पनि दुरुपयोग भइरहेको छ । यो संगठित गिरोह र अवैध आप्रवासन रोक्न पाकिस्तान सरकारले पनि घरेलुस्तरमा कडाइ गरेको छ । एफआइएका महानिर्देशक रफत मुख्तारका अनुसार, सन् २०२५ मा हालसम्म पाकिस्तानी विमानस्थलहरूबाट ६६ हजार १५४ यात्रुलाई विमानबाट उतारिएको छ ।

तिनीहरूलाई भिख माग्ने वा अन्य अवैध कार्यका लागि विदेश जानबाट रोक्न यसो गरिएको समाचारमा उल्लेख छ । खाडी देशहरूसँगका सम्बन्ध र भिसा नीतिहरूमा थप तनाव आउन नदिन पाकिस्तानी प्रशासनले यी गिरोहहरूलाई पूर्णरूपमा उन्मूलन गर्ने प्रयास गरिरहेको छ ।

स्रोत : एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *