भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरु खडाजाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिष झाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको बताए । उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास भएको उनले प्रष्ट्याए ।

EPIC EPIC EPIC EPIC EPIC

‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो । त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो । हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौँ । र, यो एक राजनीतिकदलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’ उनले भने

रास्वपा केन्द्रीय सदस्यतथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको समेत उनले बताए ।

उनले भने, ‘रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खलामानेको छ । सासंद सुमना श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ । यस प्रकारको व्यवहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन । तथापि, पार्टीमा आबद्ध कोही व्यक्ती भएन भएको बारे सत्य तथ्य पत्ता लगाउन प्रा.डा. माननीय चन्दाकार्की भण्डारीको संयोजकत्वमा समिति बनेको छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *