भीर मौरीको मह खाएर इलामकी एक वृद्धा बिरामी

झापा। इलामकी एक वृद्धा भीर मौरीको मह खाएर विरामी भएकी छन् ।हिजो साँझ ५.३० बजे इलाम सूर्योदय नगरपालिका– ३ बौद्धधाम बस्ने हर्कबहादुर राईकी श्रीमती ७२ वर्षीया भिमकमला राईले ब्लड प्रेशर कम भएर औषधीको लागि आफ्नै घरमा राखिएको भीर मौरीको मह २–३ चम्ची खाएकी थिइन् ।

मह खाएपछि उनी सिकिस्त भएकी हुन् । उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । ती वृद्धा पहिलादेखि नै सुगर र प्रेसरको बिरामी रहेको बुझिएको छ ।
आज बिहान इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *