Search
Close this search box.
Search
Close this search box.

भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १३२ पुग्यो

शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ । हामसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।

EPIC

जाजरकोटलाई केन्द्रबिन्दु गएर भुकम्प प्रभावित क्षेत्रमा पाँच निकायका चिकित्सकहरु खटिएका छन । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार पहिलो काम उद्दार, उपचार र राहत भएकाले राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ ।

हाल भुकम्प प्रभावित क्षेत्रमा वीर हस्पिटल, ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको सचिवाललयले जनाएको छ । तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाई सकिएको र उनीहरुले आफनो तर्फवाट काम सुचारु गरिसकेका छन् ।

उद्दार र राहतको लागि संघीय, प्रदेश तथा स्थानीय सरकारका सबै निकाय परिचालित भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *