Search
Close this search box.
Search
Close this search box.

भुकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुग्यो, रुकुम पश्चिमको एउटै वडामा २७ को मृत्यु

सुर्खेत। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।
 
सुक्रबार राती ११ः४८ बजे गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् ।

EPIC EPIC EPIC

घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ । २२ जनालाई सुर्खेत रिफर गरिएको छ ।

यस्तै रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत रहेका छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।

रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु
भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १२ मा भत्किएको घर। भूकम्पले आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठूलो मानवीय क्षती पुर्‍याएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ । तर त्यसमध्ये आठबीसकोट(१४ कामात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।


कर्णाली प्रदेश अस्पतालमा १४ जनाको उपचार शुरु 
भूकम्पमा परी घाइते भएका १४ जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भेन्टिलेटर राखेर उपचार भइरहेको छ ।

अस्पताल निर्देशक डा. डम्बर खड्का अनुसार थप २० जनालाई हेलिकोप्टरबाट ल्याइँदैछ । उनका अनुसार अहिले एक सय बेड तयारी अवस्थामा राखिएको छ ।

‘स्वास्थ्यकर्मीदेखि आवश्यक पर्ने उपकरण तयारी अवस्थामा राखेका छौं,’ डा. खड्काले अनलाइखबरसँग भने, ‘आवश्यक परेमा बाहिर पाल टागेर भए पनि सेवा दिन्छौं ।’

केही स्वास्थ्यकर्मीको अभाव हुनसक्ने भन्दै उनले समवन्यको काम भइरहेको जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *