भुकम्प प्रभावितलाई बिर्तामोड नगरपालिकाले ५ लाख प्रदान गर्ने

बिर्तामोड। बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

घटनाको बारेमा दुख व्यक्त गर्दै नगर प्रमुख प्रसाईले भूकम्पबाट पीडित परिवारको उद्धारको लागि सहयोगको घोषणा गरिएको जानकारी दिनु भयो । नगरपालिकाले विपत व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने भएको हो ।शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुमपश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २४६ जना घाइते भएका थिए, उनीहरुमध्ये १४६ जना प्राथमिक उपचारपछि घर फर्किएका छन्, ११० जना घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । भूकम्पले ९३७ घरमा पूर्ण क्षति भएको छ भने २ हजार ९५४ घरमा आंशिक क्षति पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *