काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले स्वेटरको कालो रङको ब्राभित्र कण्डममा भरेर लुकाएर राखिएको लागूऔषध कोकिन १ केजी ९५० ग्रामसहित पक्राउ गरिएको हो। उनी नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ परेकी हुन् ।
उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।