काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।

भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।
ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् । यो प्रकरणमा भूमाफिया र कर्मचारीले मात्रै २२ रोपनी जग्गा राणा परिवारबाट घूस लिएका थिए ।