Search
Close this search box.
Search
Close this search box.

भेडेटारको बन्द जिपलाइन आजबाट खुल्यो

धरान । धरान–४ देवीथानमा रहेको जिपलाइन आज सोमबारबाट सञ्चालनमा आएको छ ।

कोरोना महामारीका कारण जिपलाइन बन्द रहेको थियो । वल्र्डवाइड नेपाल ग्रुप प्रालिले करिब ३ करोड रुपैयाँको लगानीमा गत फागुन २४ गतेबाट उद्घाटन गरी सुरु गरेको थियो । भेडेटारदेखि देवीदानसम्म करिब ६५० मिटर लम्बाइ रहेको जिपलाइनमा करिब ४० सेकेण्डसम्म आनन्द लिन सकिने सञ्चालक विवश भण्डारीले जानकारी दिए ।

EPIC EPIC

जिपलाइनको आनन्द लिन चाहनेले क्लासिक, सुपरम्यान र कपल ९जोडी० जिपलाइन रहेका छन् । क्लासिक जिपलाइनबापत १२ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने सुपरम्यानको आनन्द लिन चाहनेले १५ सय रुपैयाँ र कपलले २ हजार रुपैयाँ शुल्क राखिएको सञ्चालक भण्डारीले जानकारी दिए ।

खेलको आनन्द लिन आउनेहरूका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा पनि गरिएको छ । ८ वर्ष उमेरभन्दा माथिले मात्रै जिपलाइनको मजा लिन सक्ने जनाइएको छ । चाडपर्वलाई लक्षित गर्दै २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *