भैँसीले हान्दा बाघ मर्‍यो!

मकवानपुर । मकवानपुरमा भैँसीगोठमा बाघ मृत भेटिएको छ। बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

घटनापश्चात बिहानै पर्सा बन्यजन्तु आरक्षण सुरक्षाका लागि खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली पनि खटिएको थियो। सेना र प्रहरीसहितको टोलीले हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

मृत बाघ चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *