दीपेन्द्र लुईटेल भोजपुर ।
भोजपुर नगरपालिका १२ टक्सारमा कृष्ण जन्माअष्टमी २ दिने मेलामा टक्सार र देउरालीको युवाहरु बिच खुकुरी हानाहान हुदा २ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुका अनुसार घाइते हुनेमा भोजपुर नगरपालिका ९ का बर्ष २६ का अमुल राई र सोही ठाउका अनिल राई रहेका छन । झगडामा सम्लग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते भएका २ जनालाई जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि लगिएको छ । सामाजिक संजालमा भनाभन भएको बिषयको लाई लिएर झगडा भएको प्रहरीको अनुसंधान बाट खुलेको छ ।
