दिपेन्द्र लुईटेल भोजपुर ।भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।


कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत अन्य सामग्रीमा फुटाएको छ । कार्यालयमा रु.१ लाख ५० हजार बराबरको क्षति भएको छ ।
कर्मचारी बस्ने कोठामा पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको वडाध्यक्ष राजेश तामाङको भनाइ छ