भोजपुर । उधोग बाणिज्य संघ भोजपुरले बजार अनुगमन तथा सचेतता अभियान सुरु गरेको छ । आफ्ना ब्यावसायीहरुको गुनासो सुन्दै कर शिक्षा लगाएतका बिषयमा सचेत गराउन भोजपुरमा अभियान सुरु गरेको भोजपुर बाणिज्य भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए ।
उनले पलिका सन्देशका सम्बादाता सङ्ग कुरा गर्दै भने ,” अनुगमन तथा सचेतना कार्यक्रम भनेर हरेक ब्यावसायिकको घर घरमा गएर कर सम्बन्धि, अखाद्य बस्तुलाई बिक्रि बितरण सम्बन्धि हामी सबै सचेत रहनु पर्छ सबै व्यावसायिक करको दायरामा आउनुपर्छ ,करको हिसाबकिताब कसरी राख्नुपर्छ भन्ने बिषयमा नै नेपाल सरकारलाई सहयोग गर्ने हेतुले निजि क्षेत्रलाइनै यश बाट सचेत भएर शुद्धतरिकाले ब्यापार गर्न सिकोस भन्ने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । “
बाणिज्य संघाले नया तथा पुराना ब्यावसायिकलाई खरिद बिक्रीबिल अनिवार्य राख्न ,बिक्रि गरेको बिलबाट बिक्री खातामा अनिवार्य अध्धावधिक राख्न करपाटी ,स्थाइ लेखानम्बर, मूल्य शुचि कम्पनी दर्तानम्बर घरेलुबाट लिएको ब्यवसायिक प्रमाणपत्र नवीकरण गरि सबैले देख्ने ठाउमा राख्न आग्रह गरेको छ ।
यता ब्यवसायिक हरुभने श्रावण २९ गते आन्तरिक राज्श्वकार्यलय धरान बाट खटिएको अनुगमन टोलिले विभिन्न बिषयमा जरिवाना लिएको कुरालाई जोड्दै पहिलानै यस्तो शिक्षा दिएको भए जरिवानानै तिर्नुनपर्ने बताउछन । कर शिक्षा महत्वपूर्ण रहेछ ,दैनिकी हिसाब गर्दा ग्राहाकलाइ अनिवार्य बिक्री बिल दिदा धेरै सहज हुने बताउछन ब्यवसायिक नारायण प्रसाद श्रेष्ठ, ।
यो कार्यक्रमले धेरैलाई राम्रो शिक्षा दिएको तर ,उधोग बाणिज्य संघले मजदुरको बिषयमा केही कुरा नगरेको गुनासो बढ्न थालेको छ । तर,उधोग बाणिज्य संघका अध्यक्ष मोक्तानले भने “मजदुरको बिषयमा कुरा गर्दै ब्यवसायिक हरुलाई मोक्तानले भने, सकिन्छ हप्तामा एक दिन पसल बन्द गरौ यदि सकिन्न महिनमा २चोटि बन्द गरौ भनेको हो तर ब्यावसायिकहरु मान्दैनन् यश बिषयमा ब्यासायिकहरुले हाम्रो सानो बजारमा मजदुर धेरै छैनन् बन्द गर्नु पर्दैन भन्ने जस्ता बिबिध प्रश्न उठ्ने गरेको छ,त्यसैले उधोग बाणिज्य संघले एकलै मात्र बजाए बन्द गर्न नसकिने बताउछ्न ।



















