दिपेन्द्र लुईटेल भोजपुर ।भोजपुरको उत्तरी क्षेत्रमा पर्ने चिर्खुवा खोलाको निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने १८ बर्षिय सुसान्त चौधरीको गए राती बिधुत सर्ट भइ मृत्यु भएको हो ।
सर्लाही लालबन्दी स्थाई ठेगाना भएका चौधरी वल्डिङको काम गर्दा गर्दै अचानक बिधुत सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
षडान्नद नगरपालिका १ मा निर्माण भैइरहेको ४.७मेघावाट क्षमताको यो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।