दिपेन्द्र लुइटेल । गत बर्ष झै यस वर्ष पनि भोजपुर सदरमुकाममा चैत्र २० गतेबाट सातौ मेयर कप महिला फुटवल हुने भएको छ ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा चैत्र २० गतेबाट चैत्र २३ गतेसम्म भोजपुरको रंगशालामा सातौ महिला मेयर कप फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने लक्ष राखिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैया र उपविजेता टिमले नगद ५१ हजार पाँच सय ५५ पाउने छन भने ब्यक्तिगत बिधा तर्फका पुरस्कारको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।