दिपेन्द्र लुइटेल भोजपुर
भोजपुर षडानन्द नगरपालीका वडा न.०४ दुबे स्थित चाम्लादाङ बाट दिङला तर्फ आउदै गरेको प्रदेश न.१-०२-००३ त १२१३ नम्बरको लकडी लोड रहेको ट्याकटर आफै अनियन्त्रित भई सडक देखि करिब.३० मिटर तल खसी दुर्घटना हुदा चालक सहित उक्त ट्याकटरमा सवार ६ जना मानसिहरुलाई ट्याकटरले थिचि घाईते भएका निम्न ४ जनालाई तत्काल उद्धार गरी उपचारको लागि दिङला नगर अस्पताल दिङला पठाइएको र अन्य २ जनाको घट्नास्थलमा नै मृत्यु भएको हो ।
घाइते हुनेमा ट्याकटर चालक षडानन्द नगरपालिका वडा न.४ केराबारीको बर्ष २५ को आईत बहादुर तामाङ र अरुण गाउँपालिका ४ चरम्बिको बर्ष १७ को नबिन तामङको ट्याकटरले किची घटनास्थलमानै मृत्यु भएको हो ।
यस्तै घाइते हुनेमा दाछिरि शेर्पा,अम्बर तामाङ ,सागर तामाङ ,सुनिता तामाङ रहेका छन ,घाइतेहरुको दिङ्ला अस्पतालमा उपचार भैरहेको जिला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।
















