दिपेन्द्र लुईटेल भोजपुर ।भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने मोटरेपुल निर्माणकै क्रममा भत्किएको छ ।
ईर्खुवा स्थित तामुटारमा बन्दै गरेको ढलान गर्न तयारी अबस्थामा रहेको पुल अन्तिम चरणमा भत्किएको हो । ठेगदारहरुको लापरबाही र इन्जिनियरको कमजोरी गाडी कुद्न तयार रहेको पुल भत्किएको स्थानीयबासिले जनाएका छन ।
पिलर अड्याएर फर्मा माथी रड राख्ने काम जारी थियो । रडको लोड थाम्न नसकेर स्लाब ढलानको फर्मा भाचिएको पुर्बाधार कार्यलय भोजपुरका इन्जिनियर सोहन कुमार महासेठले जानकारी दिए । २०७७ साल देखि निर्माण सुरु भई यहि २०८१ बैशाख सम्ममा सक्ने जिम्मा लिएको दिब्य ज्योति कन्स्ट्रक्सनले रु ६ करोडमा जिम्मा लिएको थियो ।