दिपेन्द्र लुईटेल भोजपुर । लक्ष्मी पुजाको लागि बालिएको दियोबाट आगोलागी हुदाँ भोजपुरमा साढे २६ लाख बढीको क्षति भएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ८ पोखरे ज्ञानराज बिष्टको घरमा लक्ष्मी पुजा गर्न बालिएको दियोबाट आगो लाग्दा २६ लाख ५८ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरकाले जनाएको छ ।
आगोलागीबाट ईटा माटोबाट बनेको दुई तले घर जलेको छ भने घर भित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, तीन तोला सुनका गरगहना, चाँदी २ तोला र नगद १५ हजार समेत जलेर नष्ट भएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
आइवार बेलुका पौने नौ बजेबाट शुरु भएको आगो राती १० बजे जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण, स्थानीयवासी र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।