भोजपुरमा वालिकालाई जबर्जस्ती करणी पछि फरार ब्यक्ति पक्राउ

दिपेन्द्र लुईटेल भोजपुर
भोजपुरमा  आठ बर्षिय बालिकालाई जवरजस्ती करणी गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले सात बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका बैकुण्ठेका २६ बर्षिय सुन्दर राईलाई घटनाको सातबर्ष पछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख डिएसपी पाठककाअनुसार जिल्ला अदालतले २०७९ साल माघ १० गते प्रतिवादी राईलाई पाँचबर्ष कैद सजायको फैसला गरेको भएपनि उनी फरार थिए । निज राईलाई खोजी गरिरहेको प्रहरीले बुधवार जिल्लाको रामप्रसाद राई गाउँपालिका-१ ओख्रेबाट पक्राउ गरेको हो ।
२०७३ साल असोज १९ गते रातको समयमा भएको घटनामा संलग्न राईको प्रहरीले खोजीकार्य जारी राखेको थियो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *