दिपेन्द्र लुईटेल
भोजपुर नगरपालिकाको अखुवा खोलामा मृर्ग मार्न गएका ६ जनाको समूहले आफ्नै साथिको दिप्सन प्रधानको हत्या गरेका ५ जनालाई कारागार चलान गरि एक जनालाई बाल सुधार गृह बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायव उपरीक्षक शरत कुमार थापा क्षेत्रीले पालिका दैनिकलाई बताए ।
जिल्ला अदालत भोजपुरले साउन १६ गते मङ्गलबार भएको थुनछेक आदेश अनुसार पक्राउ परेका प्रतिबादिहरु भोजपुर नगरपालिका १२ टक्सारका ३२ बर्षिय मणि प्रधान ,२१ बर्षिय सुमन श्रेष्ठ ,वडा न ११ का २२ बर्षिय सुमन श्रेष्ठ ,उमेस कार्की र मोरङ सुन्दरहरैचाका २२ बर्षिय रोजिस कार्की कारागार चलान भएका छ्न भने आम्तेकका १६ बर्षिय बालकलाई सुधारगृह बिराटनगर पठाइएको छ ।
उनिहरु विरुद्ध ज्यान सम्बन्धि कसुर तथा हातहतियार खरखजना मुद्दा अन्तर्गत अनुसन्धान गरिएको जिल्ला प्रहरि कार्यलय भोजपुरले जनाएको छ ।