Search
Close this search box.
Search
Close this search box.

भोजपुरमा १० बर्षिय बालिका झुन्डिएको अबस्थामा मृत फेला

भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित लुङथुङमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

आफ्नो हजुरआमा सँगै बस्दै आएकी १० बर्षीया अर्चना राई बुधबार बिहान घरैमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।

EPIC EPIC

मृत शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको इलाका प्रहरी कार्यलय घोडेटारका प्रमुख विक्रम शाहले जानकारी दिएका छन् ।
बालिकाले झुण्डिएर छट्पटी रहेको अवस्थामा उनकी हजुरआमाले देखेपछि बालिका झुण्डिएको डोरी काटेर बचाउन खोजेपनि तुरुन्तै उनको मृत्यु भएको वडाध्यक्ष चन्द्रबहादुर बिष्टले जानकारी दिए ।
विगत केही समय यता आफ्नो बुबा सँगको कुराकानीमा ‘एक्लो भएँ म मर्छु’ भन्ने कुरा गर्दै आएकी उनको आत्महत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय घोडेटारका इन्सपेक्टर विक्रम शाहले जानकारी दिए । उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएकोे र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *