दीपेन्द्र लुईटेल भोजपुर । भोजपुरको पुरानो डबलि टक्सारमा रहेको आँखा अस्पतालमा ३ दिने निशुल्क शिबिर सम्पन्न भएको छ ।
उक्त शिबिरमा ५ सय २१ अँाखाको उपचार भएको छ । १ सय ३२ जनाको भन्दा बढिको अँाखा सल्यक्रिया समेत गरिएको छ ।
ग्रामीण भेगमा अन्य रोगको तुलनामा आँखा रोगिको संख्या धेरै देखिने गरेकोले शिबिरलाई पहिलो प्राथमिकमा राखिएको आँखा तथा कान उपचार केन्द्रका प्रमुख बिजय तामाङले बताउनु भयो ।
अँखाको उपचार गर्न पैसा र समयको अभाबका कारण सुबिधा सम्पन्न ठाउँ सम्म जान नसक्ने हरुकोलागी ठूलो राहत पुगेको छ नेपाल नेत्रज्योति सङघ भोजपुरले जनाएको छ । बिराटनगर अँाखा अस्पताल रानिको प्राबिधिक सहयोगमा अँखा उपचार केन्द्र भोजपुरले तीन दिने शिबिर सञ्चालन गरेको हो ।