भोजपुरमा ७ बर्षिय बालिकाको बलात्कार पछि हत्या ।

दिपेन्द्र लुईटेल  । 

भोजपुरमा ७ बर्षिय बालिकाको बलात्कार पछि हत्या गरिएको छ । आमचोक गाउँपालिका ६ टेङ्लुङछुक जङ्गलस्थीत जङ्गलको गुफामा सात बर्षिय बालिकाको शब भेटिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका डिएसपी सुदिपराज पाठकले जानकारी दिए । 

EPIC EPIC EPIC EPIC EPIC

 २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ । डिएसपी पाठकका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए ।

उक्त खबर पाएपछि प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो । शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थालेको थियो ।प्रहरीले अनुसन्धान गर्नेक्रममा अन्तिम पटक दिपचन्द्रसँग नाबालिकाको भेट भएको खुलेको थियो । दिपचन्द्र नाबालिकाका छिमेकी समेत हुन् । जसकारण मृतक परिवारले पनि उनीमाथि शंका गरेको थिएन ।

सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए । तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो । घटना स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो । त्यसक्रममा शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो ।

जहाँ नाबालिकाको शव फेला परेको हो । नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । उक्त घटनास्थलमा मुचुल्का उठाएर पोष्टमर्टम गर्न प्रहरीले धरानस्थित घोपा अस्पतालमा पठाएको स्रोतले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *