दिपेन्द्र लुईटेल असार १७ गते । भोजपुर जिल्लाको उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीहरु अघोषित प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि ३ वर्षपछि हुन लागेको निर्वाचनमा अध्यक्ष पदको लागि बद्रीकुमार श्रेष्ठ र निर कुमार बिक , महासचिव सम्भु प्रसाद आचर्य , र बिन्द्र कुमार राई दावेदार हुन् ।
भोजपुर जिल्लाको सदरमुकाममा रहेको संघ भएकाले पनि संघ प्रति सबैको चासो बढ्दै गएको छ । यसैपनि, संघको अध्यक्ष पदका लागि ह्याट्रिक मार्ने दाउमा रहेका बद्री कुमार श्रेष्ठको अवको निर्वाचन परिणाम कस्तो आउला भन्नेमा चाँसो देखिन्छ ।
अहिले अध्यक्ष पदमा नयाँ अनुहारका नभएता पनि उधोग बाणिज्य संघको स्थापना काल देखि सहयोग गर्दै आएका सफल व्यबसायि बद्री कुमार श्रेष्ठ अध्यक्ष पदका बलिया उम्मेद्वार मानिन्छन् । सरल र सहयोगी स्वभावका छवि बनाएका श्रेष्ठलाई बिकले पराजित गर्न फलामको चिउरा चपाए जस्तो हुन सक्ने भोजपुरका अधिकांश ब्यापारीको आंकलन छ ।
श्रेष्ठले व्यवसायीको हकहितका लागि नयाँ एजेण्डाका साथ नेतृत्व लिन चाहेको बताउछन्। उनले भने, ‘यहाँका व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेछ । बजार व्यवस्थापन कुरा छन् । समग्रमा व्यवसायीको हकहितका लागि काम गर्छु । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ र प्रबिण कुमार सुवाल बीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्ष पदका लागि बद्रीकुमार श्रेष्ठ (पानी ट्याङ्की ) र महेश्वर बजिमय बिचमा प्रतिस्पर्धा हुनेछ ।
सचिवमा अनि बस्नेत र बसन्ति राई बिच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्ष सुरेन्द्र देब् बल र जिबन कुमार श्रेष्ठ बीचमा प्रतिस्पर्धा हुने भएको छ । अहिलेका उपाध्यक्ष अब हुन लागेको निर्बाचनको अध्यक्षको दाबेदार बनेका बिकको संस्थागत प्यानले मज्दुरको हक हितका लागि केहि आवाज नउठाएको ,ब्यापारी हरुलाई एकीकृत गर्न नसकेको ,बजार हप्तामा १ दिन बन्द गर्ने हस्ताक्षर गरेर बहुमत ल्याए पनि कार्यनयन गर्न नसकेको , बजार बासिहरुको फोहोर ब्यवस्थापनमा नगरपालिका सङ्ग समन्वय गरि छलफलका माध्यम बाट निचोड निकाल्न नसकेको ,बजार अनुगमन जस्ता कुरामा बढि चासो नदिएकोले बजार बासि ब्यापारीहरुले यस समस्याको समाधान गर्ने आशा् सहित अध्यक्ष पदको उम्मेदवार रहेका बद्रीकुमार श्रेष्ठको प्यानलले नै चुनावी मैदानमा ८० प्रतिशत बहुमत ल्याउने आकलन गरेका छन ।