दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर अस्पताल सहित अन्य स्वास्थ संस्थालाई प्रभावकारी बनाउन ४० लाख बराबरको उपकरणको सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सचिब डा. चक्र बहादुर कार्किको पहलमा आएका सामाग्री हरु जिल्ला अस्पताल सहित अन्य स्वास्थ संस्थामा हस्तान्तरण गरिएको कार्कीले पालिका संन्देशलाई बताए । उनले भने `दात्री राष्ट्र स्वास्थ मन्त्रालयलाई प्राप्त ती उपकरण सहित भोजपुर ल्याईएको हो ,दुर्गम जिल्लामा देखिने स्वास्थ समस्याहरु निराकरण गरि नागरिकको स्वास्थ सेवालाई मध्यनजर गरि मैले पहल गरेकी हु । ´
भोजपुर जिल्ला अस्पताल भोजपुर ,वडा नं ३ गुप्तेश्वर,वड नं ८ पोखरे वडा नं १० भैसिपँखा र वडा न १२ टक्सारमा रहेका स्वास्थ संस्थालाई सामाग्रीहरु हस्तान्तरण हुने कार्किले बताए । जिल्ला अस्पतालको लागि २ थान अक्सिजन कन्सनट्रेटर ,दुई हजार थान सर्जिकल माक्स ,१५० थान गाउन ,१० थान पल्स अक्सोमिटर हस्तान्तरण गरिएको छ । यस्तै टक्सामा १० लिटरको अक्सिजन कन्सन्ट्रेटर दुई थान, गाउन सेट २० थान सिटामोल र ५०० थान माक्स लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
यस्तै गुप्तेश्वर स्वास्थ चौकीलाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ,१ थान पल्स अक्सोमिटर ,२ थान फेटोस्कोप१ थान लगाएका सामाग्री हस्तान्तरण भएको छ । यस्तै वडा न १० को स्वास्थ चौकीलाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर एक थान ,माक्स १ हजार थान सिटामोल ५ हजार थान लगाएतका सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला अस्पतालको लागि आएको सामाग्री जिल्ला बिकास समितिका अध्यक्ष कमल थुलुङ ,भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले ,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे ,सोही अस्पतालमा कार्यरत डाक्टर लगाएत अन्यको उपस्थिति रहेको थियो ।



















