Search
Close this search box.
Search
Close this search box.

भोजपुर न पा ११ आम्तेकमा तिन वटा माध्यमिक तह विध्यालयको नतिजा एक मात्र पास

दिपेन्द्र लुइटेल भोजपुर पालिका सन्देश सम्वादाता
सामुदायिक विध्यालय भन्ने बित्तिकै समुदायबाट संचालित विध्यालय भन्ने बुझिन्छ। सिधा अर्थमा भन्नुपर्दा सरकारी विध्यालयहरूलाई नै सामुदायिक विध्यालय भनिन्छ।
हामीलाई अवगत नै छ कि सामुदायिक विध्यालयमा सरकारले विभिन्न चरणमा जाँच लिई छनौट भएका जनशक्तिले अध्यापन गर्छन्। सामुदायिक विध्यालयमा अध्यापन गर्ने अस्थायी, स्थायी, राहत, अनुदान तथा निजी सबै शिक्षकहरूले छनौटका प्रकृयाहरू पूरा गरेका हुन्छन्।यस अर्थमा हरेक कोणबाट सक्षम जनशक्तिले सामुदायिक विध्यालयहरू हाकिरहेको अवस्था छ। राज्यले विध्यालय शिक्षामा ठूलो लगानी गरेको छ। विध्यालय संचालन तथा भौतिक निर्माणको लागि उपयुक्त बजेट पनि उपलब्ध गराएको देखिन्छ।

केहि वर्ष अगाडि भोजपुर जिल्लाको सामुदायिक विध्यालय अन्तरर्गत देविथान माध्यामिक विध्यालय तहको परिक्षमा दोश्रो स्थानमा आएको थियो । जहा करिव २ घण्टा सम्म पैदल हिडेर दैनिक अध्यान गर्न वालवालिका आउथे । तिनै वालवालिकालाई मध्यनजर गर्दै सोहि वडामा दुई स्थानमा कक्षा ८ देखि १० सम्म सञ्चालनमा ल्याईयो । एकै विध्यालयमा अध्यानरत वालवालिका ३ विध्यालयमा विभाजित भए तर, विध्यार्थिको संख्या घटे संगै शिक्षाको गुणस्तर घटेको पाइन्छ ।
लक्ष्मी मावि र देविथान मावि वाट १० र ७ जना परिक्षार्थि सहभागि भएकामा एक जना पनि उर्तिण भएका छैनन् । यस्तै जनकल्याण मावि वाट १९ जना सहभागि मध्ये १ जना रिजन वुढाथोकिले मात्र २ । ६९ ग्रेड ल्याई उर्तिण भएका हुन ।

EPIC

शिक्षण सिकाइको लागि तथा अतिरिक्त क्रियाकलापको लागि आवश्यक पर्ने सामग्रीहरू पनि उपलब्ध गराएको देखिन्छ। यति मात्र नभई विभिन्न दातृ निकायहरूले पनि बेलाबेलामा सामुदायिक विध्यालयहरूलाई ठूलो मात्रामा सहयोग गरेको पाइन्छ।कुनैपनि कुरामा लगानी गरेपछि प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक कुरा हो। तर, सामुदायिक विध्यालयहरुमा राज्यले यति धेरै लगानी लगाइरहँदा पनि अपेक्षा गरेभन्दा निकै नै न्यून प्रतिफल प्राप्त भएको देखिन्छ, यसो भनौं प्रतिफल शून्यप्रायः छ।राज्यको यत्रो लगानी खेर गैरहँदा सामुदायिक विध्यालयहरूलाई समाजले हेर्ने दृष्टिकोण पनि केही अलग रहेको छ। यहाले समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको छ भन्न खोजिएको हो कि भन्ने नठान्नु होला।

सामुदायिक विद्यालयको गुणस्तर खस्किनुका कारण के हुन् तरु यो प्रश्न आम नागरिकलाई सोध्यौं भने हामीले निम्नानुसार उत्तर पाउछौः

१, सामुदायिक विध्यालय प्रायः शिक्षकहरूले पढाउँदैनन्, दिन धकेल्ने काम मात्र गर्छन्।
२, सामुदायिक विध्यालयका शिक्षकहरूले शिक्षक संघरसंगठनको नाममा राजनीति गर्छन् र विध्यार्थीहरूको पढाइभन्दा राजनीतिलाई धेरै महत्व दिन्छन्।
३, विध्यालय व्यवस्थापन समिति र शिक्षकरअभिभावक संघ जस्ता संयन्त्रहरू मार्फत राजनीति भित्र्याइन्छ र दलहरूले शिक्षकहरूलाई प्रयोग गरी विध्यालयकै वातावरणलाई आफू अनुकूल बनाउन प्रयास गर्छन् र राजनैतिक द्वन्द्व सिर्जना गर्छन्।
४, विध्यालयमा पठनपाठन सही तरिकाले भएको छ या छैन भन्ने कुराको अनुगमन प्रभावकारी तरिकाले गरिँदैन। पार्टीका कार्यकर्ताले भरिएको विध्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले आफ्नो पार्टीको कार्यकर्तारशिक्षक नै प्रधानाध्यापक छ भने सबै गतिविधिहरू सही र आफूसँग राजनैतिक आस्था नमिल्ने या स्वतन्त्र विचार भएको प्रधानाध्यापक छ भने सबै गतिविधिहरू गलत भनेर विश्लेषण गर्ने परम्परा रहिआएको छ।
५, समाजका शिक्षित भनिएकै वर्गहरूले सामुदायिक विध्यालय र त्यहाँ कार्यरत शिक्षकहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक छ।
६, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकहरूले आफ्नो क्षमतामा परिमार्जन गर्दैनन् र कक्षामा जाँदा यथेष्ट तयारी बिना नै जाने गर्छन्।
७, विध्यालय .मा पर्याप्त सिकाइ सामग्रीहरू उपलब्ध छैनन् अथवा उपलब्ध भएतापनि शिक्षकहरूले ती सामग्रीहरूको उपयुक्त प्रयोग गर्दैनन् या प्रयोग गर्न जान्दैनन्।
८, विध्यालयहरूमा विषय शिक्षकहरूको पर्याप्त दरबन्दी छैन अथवा कुनै विषय शिक्षकको संख्या आवश्यकताभन्द बढी र कुनै विषय शिक्षक नै नभएको अवस्था छ। राजनैतिक पहुँच भएका शिक्षकहरू आफ्नो विषयको दरबन्दी खाली नभएतापनि घर नजिकैको विध्यालयमा पहुँचकै आधारमा सरुवा गर्न सफल हुन्छन् भने कति विषयको दरबन्दी खाली भएतापनि राजनैतिक पहुँच पुगेन भने सरुवाको अनुमति पाउने अवस्था नै छैन।
९ , हामि पनि हाम्रा छोराछोरि हरुले के कति पढछन कहिलै नहेर्ने अनि खुल्ला गरि बच्चाहरुलाइ छोड्ने प्रविधिले पनि गुणस्तर कम हुदै गएको छ ।
१० ,स्थानिय शिक्षकहरुको वढि लापरवाहि जस्ता विविध कुराहरु रहेका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *