दिपेन्द्र लुइटेल भोजपुर । भोजपुर बहुमुखी क्याम्पस, भोजपुर त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो। पछिल्लो समय त्रिवि भित्र थुप्रै व्यथिती रहेको कुरा तमाम विधार्थीले सामाजिक संजालमा हेर्न,देख्न,सुन्न सकियौ बुझ्ने अवसर पायौं,भोजपुर बहुमुखी क्याम्पस ले शैक्षिक सत्र २०७८र७९ को गरिब तथा जेहेन्दार तर्फको छात्रवृत्तिको विधार्थीहरु संग अन्तरवार्ता लिदै हरेक कुराको मुल्यांकन गरि जस्तै गरिबी,भूगोल,विषयगत,शैक्षिक योग्य स्तर मूल्याकंन र अनुशासन गरि जम्मा ४५ पुर्णाङक रहने गरि ३ दशक पुरानो व्यवस्थालाई क्रमिक हस्तान्तरण हुँदै गर्दै गराउदै आएको विधि पद्धति लाईनै स्विकारेर यस चोटिको छात्रवृत्ति वितरण अन्तरवार्ता सम्पन्न भएको थियो।
जुन निश्चितरूपमा कसैलाई खुल्लारुप पक्षपात नगरी स्ववियु लाई जिम्मेवारी भागको कामलाई निर्वाह गरेको कुरा विधार्थीलाई प्रत्याभूति भएको छ भन्ने कुरा यथार्थ हो। तर पनि भोजपुर बहुमुखी क्याम्पसमा बहुमत स्ववियु सदस्यले अध्यक्ष निशान राई माथी गम्भीर आरोप लगाउदै आएका छन ।
स्ववियु संस्थालाई जानकारी नगराई छात्रवृत्ति वितरणमा एकलौटी गरेको भन्दै स्ववियु अध्यक्ष राई माथी गम्भीर आरोप लगाउदै स्ववियु बहुमत सदस्यले हस्ताक्षर गर्दै विज्ञप्ति समेत सार्वजानिक गरेका थिए । बिज्ञप्तिमा भनिएको छ , स्ववियु संस्थाको गरिमा माथी आच मात्र आएको छैन , स्ववियुको बिश्वास र भरोसा माथिनै प्रश्न उठेको छ त्यसमा भनिएकोछ अध्यक्ष राइले स्व इच्छाचारी ढंगले छात्रवृत्ति वितरण लगाएत कार्यमा नियम बिपरित गरेको उल्लेख थियो । संस्थाको हित बिपरित काम नगर्न र यस्ता गतिबिधी वा अध्यक्ष राईले गरेको एकलौटी गरेको निर्णय मान्य नहुने कुरा समेत बिज्ञप्तिमा उल्लेख गर्दै क्याम्पस प्रशासन विध्यार्थि बर्गहरुमा अपिल समेत गरेको थियो ।
यता अध्यक्ष राइले भने वुधवार प्रेश विज्ञप्ती सार्वजानिक गरेका छन । यस विषयमा पालिका सन्देश डट कम जिल्ला सम्वादाता सँग अध्यक्ष राइले भने , “यस छात्रवृत्तिमा विभिन्न संकाय र तह बाट जम्मा आवेदक ९९ जना हुँदा ९२ जनाको नाम निस्किएको छ। विवादास्पद राजनैतिक खण्डबाट अगाडी बढाएर ठूलो राजनीतिकरण हुन पुगेको अवस्था छ, विवाद भएको तह र संकायमा १५ जना आवेदक मध्य ९ जनाको नाम निस्किएको थियो। जुन संकाय र तह मा विवाद उत्पन्न भयो त्यस कक्षामा ४ जना विधार्थीको कोटा रहेको थियो तर समावेश अरु विधार्थीलाइ अटाउन ४ जनाको रकम ९ जनामा आधी आधी भाग लगाएर अटाउने कोशिश गरिएको थियो।यस छात्रवृत्तिमा ९९ जना विधार्थी सहभागी थिए प्रतिशतमा भन्ने हो भने ९५ कुल सफल प्रतिफल निस्किएको थियो।राजनीतिको नाममा ूस्ववियुु सचिवले गैरजिम्मेवार हिसाबबाट खारेजको माग राख्दै गर्दा विवादास्पद स्थिति सृजना हुँदा छात्रवृत्तिबाट आउने अंक्षरुपी विधार्थीले पाउने अधिकार बाट राजनैतिक कुण्ठा कुन्ठित विचार राखेर जिम्मेवार व्यक्ति, प्रतिशोधात्मक मैदानमा उर्लदा छात्रवृत्ति र विधार्थीहरुको हक अधिकार बन्धक पार्ने अधिकार र छुट कोहि कसैलाई छैन । ”