क्याम्पसमा आन्दोलनको नाममा आफ्नो स्वार्थका लागि बिद्यार्थीहरुको भबिस्यमाथी खेलबाड

दीपेन्द्र लुईटेल भोजपुर

यहि असोज१९ गते बाट देश भरका सम्पुर्ण क्याम्पस हरुमा प्रथम बर्षको एकै साथ परिक्षा सन्चालन भए संगै प्राध्यापक हरुको समुहले परिक्षालाई बाधा पुर्याउने हिसाबले बहुमुखी क्याम्पस मा तालाबन्दी गरेका छन । 

EPIC EPIC EPIC EPIC EPIC

शान्त र मर्यादित हिसाबले परिक्षा सन्चालन हुँदै गरेता पनि यसै बिच क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीहरुलाई नियमित रुपमा उपलब्ध गराउनु पर्ने मासिक तलब भत्ता श्रावण महिना देखि असोज सम्म पनि उपलब्ध नगराएको राष्ट्रिय चार्डपर्ब मनाउनकोलागी प्रदान गरिने पर्व खर्च समेत उपलब्ध नगराएको कारणले तलब भत्ता असोज २५ गते सम्म उपलब्ध गरियोस भनी अल्टिमेटम सहित प्रजातान्त्रिक प्राध्यापक संघ  इकाई समिती भोजपुर क्याम्पस सभापति श्री बेनुक कार्की र नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रिय समिती सदस्य भोजपुर बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा पर्बत कुमार राई द्वारा असोज २३ गतेको प्रेश बिग्यप्ती सार्बजनिक गर्दै क्याम्पस प्रमुख भुलानाथ राईलाई बुझाएका थिए ।

आन्दोलनरत दुई प्राध्यापक संघ ,संगठनले आफ्ना दलिए प्राध्यापक हरुको बलमा परीक्षा जस्तो संबेदनसिल बिषय माथी आफ्ना स्वार्थका लागि बिध्यार्थी हरुको भबिस्य माथी खेलबाड गर्ने प्रयास गरियो । 

प्रथम बर्षमा अध्यनरत बिध्यार्थी परीक्षा दिनको लागि सामेल भएका थिए संबंधित आन्दोलनरत संघ संगठनले गैर जिम्मेवार ढंग बाट बिध्यार्थीहरुको भबिष्य माथी प्रहार गर्नु यो भन्दा ठूलो बिणम्बना के होला ? कुनै पनि परिक्षाको प्रश्न पत्र क्याम्पस प्रमुखको कार्यकक्ष भित्र सुरक्षीत राखिएको हुन्छ तर ,आन्दोलनका नाममा त्यही प्रश्न पत्र भएको कक्षमा ताला बन्दी गर्दा के हुन्छ ? ति प्राज्ञिक आफुलाई ठान्ने प्राध्यापकलाई थाहा छौन र ? परिक्षा के हो? दिवा नियमित परीक्षा सन्चालन समय ठिक १२ बजे हुन्छ । तर आन्दोलनरत प्राध्यापक संघ सङठनले ताला बन्दी नखोल्दा परिक्षार्थी बिध्यार्थी हरुमा आक्रोश र मनमा असान्ती जागिरहेको ब्यक्त गरेका थिए ।  

उक्त आन्दोलन र तालाबन्दी क्याम्पसमा अध्यनरत बिध्यार्थिको नेतृत्व गरिरहेका स्ववियु अध्यक्ष निसान राईले भने “ प्राध्यापक संघसंगठनको आन्दोलन बारे मैले आलोचना गर्न मिल्दैन ,यस्ता आन्दोलनका मुल्यांकन तमाम अध्यनरत बिध्यार्थी साथिहरुले गर्ने छन ,प्रथम बर्षको परीक्षा असोज १९ गते बाट संचालन भएको थियो, बिध्यार्थी साथिहरुको बिश्वासबाट स्ववियुको कार्य समिती अनुमोदित भएको छ ,हाम्रो मुख्य प्रमुख बिषय बिध्यार्थिहरुको हक अधिकारका निम्ति अग्र भागमा उभिएर समन्वय र सहजीकरण गरि समाधान गर्न सक्नु हो , आन्तरिक फरक पाटिमा आबद्ध प्राध्यापक बिचको अप्रत्यक्ष घिनलाग्दो राजनितिक किचलो र किचलोमा विभिन्न सम्बन्धका नेता कार्यकर्ता सो बिचारले  निष्कर्ष निर्णय गर्न नसक्नु  परिचालित मात्त हुनुले सिङ्गो सस्थामा जोखिम बढेको छ ,गौरजिम्मेर ढङ्गले विद्यार्थी हरुको अधिकार आफ्नो मुठिमा राख्नु बिध्यार्थी हरुको हक अधिकार सङ्ग जोडिएको बिषय बस्तु वा ताला बन्दी विरुद्ध बिध्यार्थिको पक्षमा उभएको छु ।´´

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *