Search
Close this search box.
Search
Close this search box.

भोलि दुर्गा भवानीको मूर्ति विसर्जनका दिन बाँकेमा जाँडरक्सी खान र बेच्न नपाइने

जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन भोलि जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक विज्ञप्ति निकालेर दशैँको भोलिपल्ट अर्थात् बुधवार दुर्गाको मूर्ति विसर्जन जुलुस निस्कने भएकाले जुलुसलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बिहान ८ बजेदेखि राति १२ बजेसम्म जिल्लाभरि नै जाँडरक्सी ओसारपसार, बिक्री वितरण तथा उपभोगमा पूर्ण निषेध गरिएको जनाएको छ ।

EPIC

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको विज्ञप्तिमा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखेर एक दिनका लागि पूर्णरूपमा जाँडरक्सी खान र बेच्न प्रतिबन्ध गरेको उल्लेख छ ।

अटेर गरी कुनै पनि गतिविधि भएमा कानुन अनुसार कारबाही हुने विज्ञप्तिमा भनिएको छ । दशैँको भोलिपल्ट विभिन्न ठाउँमा दुर्गा भवानीको मूर्ति पवित्र जल कुण्ड/नदी घाटहरूमा विसर्जन गर्ने परम्परा छ ।

मूर्ति विसर्जनका लागि बाँकेमा समय सीमा निर्धारण गरिएको छ । भोलि बेलुका ५ बजेअघि नै मूर्ति विसर्जन गर्न पनि जिल्ला प्रशासन कार्यालय बाँकेको अनुरोध छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *