पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र ९ गते बिर्तामोड आउँदै

झापा।

झापाको बिर्तामोड–१ स्थित देबी पञ्चकन्यामा सञ्चालित इस्र्टन इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (इकम कलेज) ले राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण पूरा गरी अनावरण गर्ने भएको छ । 

EPIC EPIC EPIC EPIC EPIC

कलेजले निर्माण गरेको शालिकको आगामी मंसीर ९ गते शनिवार पूर्व राजा ज्ञानेन्द्र शाहले अनाबरण गर्ने तयारी गरेको बुधबार (आज) कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

सोही अवसरमा ८ बर्ष अघिदेखि सञ्चालित कलेजको समेत उद्घाटन गरिने कलेका सञ्चालक आलोक कार्कीले पत्रकार सम्मेलनमा बताएका छन् । शाहको योगदानको बृहत्तर सम्मान गर्दै इकम कलेज परिसरमा राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरेकोे सञ्चालक कार्कीले बताए । 

राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक नेपाल निमाण गर्ने राष्ट्र निर्माताको ऐतिहासिक योगदानको सर्वत्र कदर गर्दै समयको माग अनुसार निर्माण गरिएको सञ्चालक कार्कीले जानकारी दिए । 

सञ्चालक कार्कीले राजसंस्थासँग जोडेर नभई राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको प्रतिकका रूपमा सम्मान गर्दै शालिक निर्माण गरी अनावरण गरिने तयारी गरेको बताए  । 

भावी कार्यक्रममा राष्ट्रिय झण्डा मात्रै राखिने सन्ततिका लागि नेपाल एकीकरण गर्ने राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाह भएको समेत उनले जानकारी दिए । इतिहास र राष्ट्र प्रेम बिद्यार्थीलाई जागृत गर्ने उदेश्यले पृथ्वीनारायण शाहको शालिक निर्माण गरी अनावरण गर्न लागिएको उनको भनाई छ । 

पूर्व राजा पृथ्वीनारायण शाहकै वंशज पूर्व राजा ज्ञानेन्द्र शाह भएकाले उनकै हातबाट शालिक अनावरण गर्न लागिएको उनले जानकारी दिए । राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा कलेजका निर्मल निरौलालगायतको उपस्थिति रहेको थियो । 

इकम कलेजले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउँदै आएको सञ्चालक कार्कीले जानकारी दिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *