Search
Close this search box.
Search
Close this search box.

भोलि सार्वजनिक बिदा छैन : मन्त्री शर्मा

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन ।

यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर राष्ट्रिय संचार माध्यमद्धारा प्रकाशित सुचनाको आधारमा पालिका सन्देश समेत थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

EPIC

स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *