भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद मोहन बस्नेत पदबाट स्वतः निलम्बित


काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन हुने भएको छ।

भ्रष्टाचार निवारण सम्बन्धी ऐनअनुसार बस्नेतविरुद्ध मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो। टेरामक्स प्रकरणमा संलग्न रहेको अभियोगमा विशेष अदालतमा बिहीबार उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

EPIC EPIC EPIC EPIC

संसद सचिवालयका अधिकारीहरूका अनुसार औपचारिक जानकारी प्राप्त भएपछि मात्रै निलम्बनसम्बन्धी प्रतिक्रिया दिइनेछ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा व्यवस्था छ कि दफा ३६ अनुसार मुद्दा दायर भएका राष्ट्रसेवक पदाधिकारी मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बनमा रहनेछन्।

निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने प्रावधान पनि ऐनमा उल्लेख छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *