भ्रष्ट सिस्टमसँग एक्लै लडिरहेका डा. गरे आत्महत्या

रामेछाप।
रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. आत्महत्या गरेका छन्। उनले आइतबार साँझ सामाजिक सञ्जालमा लामो बिदाइपत्र लेख्दै आत्महत्या गरेका हुन्। बिदाइपत्रमा उनले आफूले भोगेको प्रशासनिक अन्याय, राजनीतिक चलखेल, र मानसिक तनावबारे गहिरो पीडा पोखेका छन्।

डा. गौतमले करिब २५ महिनासम्म अस्पतालमा सेवा दिँदै आएका थिए, जसमा १८ महिना अस्पतालको निमित्त प्रमुखको रुपमा रहे। उनले अस्पतालमा सुधार र पारदर्शिता ल्याउन अनेक प्रयास गरेका थिए। उनले कर्मचारी अनुशासन कायम गर्ने, अपारदर्शी चलन हटाउने जस्ता पहलहरू गर्दै आएका थिए। तर त्यसकै सन्दर्भमा उनले आफूविरुद्ध षड्यन्त्र र झूटो आरोप लाग्ने क्रम बढ्दै गएको उल्लेख गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

बिदाइपत्रमा उनले रामेछाप–०८ का केदार कार्की नामक व्यक्तिको राजनीतिक प्रभाव, जागिरमा हस्तक्षेप, आर्थिक असुली लगायतका मागहरू अस्वीकार गर्दा आफ्नो सरुवा गराइएको दाबी गरेका छन्। उनले केही करारका चिकित्सक तथा नर्सहरू प्रयोग गरी सुनियोजित ढंगले बदनाम गर्ने प्रयास भएको पनि बताएका छन्।

गौतमले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू, विशेषगरी प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेल, डा. नरेन्द्र झा, र रेवती थापाको संलग्नता रहेको दाबी गरेका छन्। उनले मन्त्रालयमा गाडी खोसिएको, हेटौडामा अमानवीय व्यवहार गरिएको, र सुनुवाई नभएको पीडा पनि व्यक्त गरेका छन्।

गम्भीर मानसिक तनाव, शारीरिक चोटपटक (१६ टाँका), परिवारको पीडा, र न्यायको आशामा थिचिएपछि आफू आत्महत्या गर्न बाध्य भएको उनले बिदाइपत्रमा लेखेका छन्।

उनको आत्महत्यासँगै स्वास्थ्य क्षेत्रभित्रको शक्ति, राजनीति र कर्मचारी प्रशासनको चरम विकृति फेरि एकपटक उजागर भएको छ। उनले आत्महत्याको दोषी ठहरिएका व्यक्तिहरूमाथि कानून अनुसार कारबाही हुनुपर्ने माग गर्दै पत्रमा “मेरो लाश माथि राजनीति नहोस्, तर दोषीहरूलाई कानूनको कठघरामा ल्याइयोस्” भन्ने अनुरोध गरेका छन्।

अहिलेसम्म प्रहरी र प्रशासनले औपचारिक प्रतिक्रिया दिएको छैन। उनको बिदाइपत्र सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ र न्यायको माग उठाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *