‘भ्वाइस अफ नेपाल सिजन ६’ को उपाधि धादिङका प्रोसेस पाण्डेलाई


सम्पादित समाचार:
काठमाडौं, वैशाख १९ – चर्चित सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन्। शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धा गरेका पाण्डे विजेता घोषित भए।

उपाधिसँगै उनले २० लाख रुपैयाँ नगदसहित अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

प्रतियोगितामा खोटाङका रोशन राई पहिलो उपविजेता (फस्ट रनरअप) बने। उनी कोच मेलिना राईको समूहका प्रतिस्पर्धी थिए। इलामका प्रमेश राई दोस्रो उपविजेता (सेकेन्ड रनरअप) बने भने सिक्किमकी अर्पणा आचार्य तेस्रो उपविजेता (थर्ड रनरअप) घोषित भइन्। प्रमेश राई कोच राजु लामाको समूहबाट र अर्पणा आचार्य कोच उदय सोताङको समूहबाट प्रतियोगितामा सहभागी भएका थिए।

‘भ्वाइस अफ नेपाल’ नेपाली संगीत क्षेत्रमा प्रतिभावान गायकगायिकाको खोजी गर्ने चर्चित मञ्च हो, जसले देशभरका नयाँ प्रतिभाहरूलाई राष्ट्रिय चिनारी दिलाउँदै आएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *