काठमाडौं, २५ साउन । आगामी साउन २७ गते मंगलबारदेखि २९ गते बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।
मौसमविद् बिनोद पोखरेलले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोअनुसार पूर्वदेखि पश्चिमसम्मको अधिकांश भूभागमा वर्षाको प्रभाव रहनेछ। उनका अनुसार प्रकाशित घण्टैपिच्छे वर्षा पूर्वानुमान नक्सामा रातो रंग देखाइएका क्षेत्रमा अत्यधिक वर्षाको जोखिम उच्च छ।
यस अवधिमा बाढी, पहिरो तथा जलमग्नताको सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
 
								 
															

















