मकवानपुरमा मालवाहक कन्टेनर दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुरको थाहा नगरपालिका १ कुन्छालमा शनिवार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका ५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।​

वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

EPIC EPIC EPIC EPIC EPIC

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *