मङ्गलधाम कालिम्पुङका गादीपति झापा आउँदै

• रेजा खरेल

EPIC

झापा। भारतको पश्चिम बंगाल, कालिम्पुङमा अवस्थित पूर्वी क्षेत्रकै एक प्रमुख धार्मिक केन्द्र श्रीकृष्ण प्रणामी मन्दिर मङ्गलधामका गादीपति गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराज झापा आउने भएका छन्। यही फागुन ३ गते भद्रपुर-१ लाहुरेचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिर पृथ्वीनगर बनियानीको स्वर्ण महोत्सवमा आयोजना हुने ५४ श्रीमत तारतम सागर तथा श्रीमद् भागवत कथा चर्चाको उद्घाटन कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने स्वर्ण महोत्सव मूल समारोह समितिले जनाएको छ।

EPIC EPIC EPIC

यस अवसरमा सोमबारे बजारबाट बनियानी बजार हुँदै लाहुरेचोकसम्म कलश यात्रासहित कार्यक्रम उद्घाटन गरिनेछ। सप्ताहव्यापी महोत्सवमा देशका विभिन्न धार्मिक तथा आध्यात्मिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ। विशेष गरी, देवघाट कृष्ण कृपाधामबाट श्री १०८ तारा माताजीले श्रीमद् भागवत कथा चर्चा गर्नेछन् भने महामती संस्कृत विद्यापीठ, काठमाडौँका आचार्य श्री बिमलचन्द्र दाहालले श्रीमत तारतम सागर बाणी चर्चा गर्नेछन्।

श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरूका लागि मङ्गलधाम एक महत्वपूर्ण तीर्थस्थल मानिन्छ। नेपाल सरकारको हुलाक सेवाले गुरुजी श्री मङ्गलदासजी महाराजको सम्मानमा हुलाक टिकटसमेत जारी गरिसकेको छ। मङ्गलधामका संस्थापक गुरुजी श्री १०८ मङ्गलदासजी महाराजका उत्तराधिकारी तथा हालका गादीपति गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराज झापा आउँदा स्थानीय भक्तजनहरूमा उत्साह छाएको भद्रपुर नगरवासीहरूले बताएका छन्।

महोत्सवमा विभिन्न धार्मिक प्रवचन, भजन-कीर्तन तथा सत्संगका कार्यक्रमहरू सञ्चालन गरिनेछ। आयोजक समितिले भक्तजनहरूलाई यस ऐतिहासिक अवसरमा उपस्थित भई धर्मलाभ लिन अनुरोध गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *