Search
Close this search box.
Search
Close this search box.

मजदुर बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते

रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर ३ खरखरेमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गयराति १० बजेतिर मुसिकाेट खलंगाबाट चाैरजहारीतर्फ गइरहेकाे भे २ त १४६१ नम्बरकाे इन्जिनमात्र रहेकाे ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा ट्याक्टर चालक चाैरजहारी नगरपालिका वडा नम्बर १ का २४ वर्षिय निर्मल थापा, साेही ठाउँका २२ वर्षिय पारस बिष्ट, उदयपुर गडी नगरपालिका ५ का २१ वर्षिय कृष्ण मगर, साेही ठाउँकै २१ वर्षिय पेशल मगर, २३ वर्षिय सुशील राई र २१ वर्षिय सागर राई रहेकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएकाे छ।

EPIC

घाइते सबैकाे अवस्था सामान्य रहेकाे प्रहरीकाे भनाई छ । घाइतेकाे जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेकाे छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेकाे छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *