विराटनगर । नेपाली कांग्रेस प्रदेश १ समिति सदस्यका उम्मेदवार श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतपत्रमा नाम नभेटेपछि बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।
मतदान सुरु गर्न छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ । जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए ।
मतपत्रमा उम्मेदवारको नाम छुटेको र पुनः मतपत्र छाप्नु पर्ने भएपछि मतदान सुरु हुन अझ केहि समय लाग्ने बताइएको छ ।