मध्यरात किन पक्राउ परे दुर्गा प्रसाईँ ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई हिंसा भड्काउन सक्ने आशंकाका साथ प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

सोमबार मध्यरात पक्राउ परेका प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको छ । उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ । सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो ।

EPIC EPIC EPIC

यसअघि १५ चैतको तिनकुने हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *