मध्य अमेरिकामा आँधीका कारण ३ जनाको जनाको मृत्यु, ५० घाइते

screenshot 20230401 154742 twitter

मध्यअमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन् । अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् ।

EPIC EPIC EPIC

पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तिमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

यसबाहेक व्याने शहरमा दुई व्यक्तिको मृत्यु भएको छ । अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपतकालीन अवस्थाको घोषणा गर्दै राज्यको नेशनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् ।

तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए । मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तिमा २६ जनाको ज्यान लिएको एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *