मनसुनी वायुको प्रभाव कमजोर, पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

काठमाडौँ– देशमा मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

कोशी र बागमतीमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी र गण्डकीका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

EPIC EPIC EPIC

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। 

कोशी र बागमतीका केही तथा मधेश र गण्डकीका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च