Search
Close this search box.
Search
Close this search box.

मन्टेश्वरीका शिक्षकहरुका लागि अभिबृद्धि तालिम समापन

बिर्तामोड । मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम समापन भएको छ । बिर्तामोड स्थित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट दुई दिने तालिम शनिबार सम्पन्न भएको हो ।

मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा बिर्तामोडेसहित कन्काईका गरी पाँच वटा विद्यालयका शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

EPIC

तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको थियो । उक्त तालिममा शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।

मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम केन्द्र ललीतपुर, नेपाल सरकार शिक्षा मन्त्रालय सिटीइभिटी रोस्टर बाल विकास तथा आधारभूत तह प्रशिक्षक पराजुलीले जानकारी दिए । समापम कार्यक्रममा प्रशिक्षार्थीहरुले तालीम उपलब्धि मुलक भएको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *