मन्त्री पुनले पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गर्दै जेनजी पुस्तालाई भोट गर्न आग्रह

झापा,कात्तिक १८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मतदाता नामवलीमा नाम दर्ता गराएका छन् ।


‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरिकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ मन्त्री पुनले लेखेका छन् । अब आउने सरकार जेनजीको बन्नुपर्ने उनले बताएका छन् ।
‘भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन । यो कुरा समयान्तरमा ध्रुव सत्य सवित भैसक्यो । लौ त भाइबहिनीहरू भोटर लिस्टमा नाम लेखाउन गैहाल त,’ उनले लेखेका छन् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *