मन्त्री प्रदीप पौडेल- खरिदमा मन्त्रीको संलग्नता हुँदैन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलमाथि लागेका भ्रष्टाचार सम्बन्धी आरोपको खण्डन गर्दै मन्त्रालयले मन्त्रीको सार्वजनिक खरिद प्रक्रियामा कुनै संलग्नता नहुने स्पष्ट पारेको छ।

EPIC

स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणसम्बन्धी विषयमा केही सञ्चारमाध्यमले मन्त्रीलाई अनावश्यक रूपमा जोडेको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ। प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रियाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विभागीय प्रमुखकै हुने उल्लेख गर्दै, यदि कानूनको उल्लंघन भएमा त्यसका लागि सम्बन्धित कर्मचारी नै जिम्मेवार रहने बताइएको छ। तथापि, यथार्थलाई बेवास्ता गरी मन्त्री र अन्य पदाधिकारीमाथि निराधार आरोप लगाएर स्वार्थसिद्ध गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

EPIC EPIC EPIC

मन्त्रालयले पछिल्लो समय अघि बढाएका सुधारात्मक कार्यलाई ओझेलमा पार्न र आम जनमानसमा भ्रम सिर्जना गर्न गलत समाचार प्रचार गरिएको निष्कर्ष निकालिएको छ। साथै, पत्रकारिताको सिद्धान्तअनुसार तथ्य, सन्तुलन, र विश्वसनीयता कायम राख्दै प्रमाणसहित समाचार सम्प्रेषण गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

यसै क्रममा, स्वास्थ्य सेवा विभागले पनि एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिदको प्रक्रिया नै पूरा नभइसकेको अवस्थामा भ्रम फैलाउने गरी गलत समाचार प्रकाशन भएको भन्दै खरिद प्रक्रिया नियमानुसार अघि बढिरहेको स्पष्ट पारेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *